
हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । वकैया गाउँपालिका–६ सुदाका ९८ वर्षीय जीतबहादुर लामाको भीरबाट लडेर मृत्यु भएको हो ।
वकैया गाउँपालिका–५ राजदमारस्थित गितावर सामुदायिक वनको भीरबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
वनमा दाउरा खोज्न गएका लामा भीरबाट करिब ३० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष लक्ष्मी जिम्वाले बताइन् । लामाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा यो चालु आवमा मात्रै भीरबाट लडेर ११ जनाको मृत्यु भइसकेको छ । १५ जना भीरबाट खसेर घाइते भएका छन् ।
Visited 38 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्