
हेटौँडा। मकवानपुरमा कुरिलो टिप्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मकवानपुरपुरगढी गाउँपालिका –५ बस्ने ५२ वर्षीय कप्तान रुम्बाको लडेर मृत्यु भएको हो ।
मकवानपुरगढी सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर रूम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरागरी शव हेटौँडा अस्पताल ल्याइएकाे छ ।
Visited 52 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्