
हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका ५ नं. वडा कार्यालयले शिक्षक विद्यार्थीलाई सम्मान गरेको छ । वडा शिक्षा समितिको आयोजनामा प्रावि तह अन्तर्गत कक्षा ५ मा अध्यापन गराइरहेका विषयगत उत्कृष्ट शिक्षक एवम् विद्यार्थी सम्मान गरिएको हो ।
कक्षा ५ को अङ्ग्रेजी विषयमा प्रभात माविका शिक्षक क्रमशः सङ्गीता दाहाल र नेपाली विषयतर्फ निर्मला दाहाललाई उत्कृष्ट शिक्षकको रूपमा सम्मानित गरिएको छ । किसान जागरूक सिद्धार्थ प्राविका शिक्षक गणित विषयमा विदुर खतिवडा, विज्ञानमा विषयमा पुनम लामा, स्वास्थ्य र सामाजिक दुवै विषयमा भने सम्झना रुम्बा विषयगत उत्कृष्ट शिक्षकको रूपमा सम्मानित भएका छन् ।
महेन्द्र माविमा अध्यापन गराइरहेका प्रश्न निर्माणकर्ता शिक्षक हरि प्रसाद दाहाल, प्रावि तह अन्तर्गत कक्षा ५ का विद्यार्थीतर्फ किसान जागरूक सिद्धार्थ प्राविका प्रज्ञालक्ष्मी स्याङ्बो प्रथम,सुनिता लो दोस्रो र प्रशान्त दाहाल तेस्रो हुनेलाई सम्मान–पत्र सहित ब्याग ,ज्यामितीय बक्स, कलम, कापी सहित पुरस्कृत गरिएको थियो । कक्षा ८ बाट बिपना मोक्तान र प्रज्वल घिमिरे उत्कृष्ट भएका थिए भने गत वर्षको एसइई को नतिजालाई आधार मानी बितिसा तामाङ र सुस्मिता श्रेष्ठलाई सम्मान गरिएको हो ।
उत्कृष्ट शिक्षक विद्यार्थीलाई बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, ५ नं. वडाध्यक्ष एवम् वडा शिक्षा समिति अध्यक्ष लक्ष्मी जिम्वाले सम्मान गरेका हुन । विद्यालयको प्रधानाध्यापक कर्मप्राप्ती माविका प्रधानाध्यापक मदन बहादुर दाहाल, प्रभात माविका प्रधानाध्यापक दीपेश देवकोटा,गीतावर आविका प्रधानाध्यापक हरिहर खनाल र किसान जागरूक सिद्धार्थ प्राविका विनोद खतिवडालाई मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा बकैया ५ नं. वडा कार्यालय वडा सचिव सुमन थापाले स्वगत गरेका कार्यक्रममा ५ नं. वडा समिति सदस्य देवमाया आले, कर्मप्राप्ती माविका विब्यस अध्यक्ष विशाल वाइबा, गितावर आविका बिब्यस अध्यक्ष दीपक देवकोटा, गीतावर आवि शिक्षक दोबनाथ पाण्डे (बद्री), प्रभात माविका शिक्षक धन बहादुर लामा, बकैयाका पूर्व स्रोत शिक्षक चन्द्र देवकोटा, वडा सदस्य ज्ञानुमाया सुनार लगायतले बोलेका थिए । कार्यक्रम बकैया गाउँपालिका ५ नं. वडाका सहायक वडा सचिव देवराज लामिछानेले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्