काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले कुल १ लाख १२ हजार ३७०कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यो शेयर हाल कायम क्यापिटलकै विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेछन् । यसका लागि ७ दिनको समय दिइएको छ । यसअघि ३५ दिनको समय दिँदा पनि पर्याप्त आवेदन नपरेपछि पुनः म्याद थपिएको हो ।
इच्छुक खरिदकर्ताले क्यापिटलको केन्द्रीय कार्यालय, बागदरबार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवदेन दिनुपर्नेछ ।
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बेचिने क्यापिटलले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्