हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, गरगरेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । मङ्गलवार दिउँसो बाटो क्रस गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट पैदलयात्री बकैया गाउँपालिका–५ बस्ने ५२ वर्षीय सनक कुमार दाहाल घाइते भएका हुन ।
मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ८० प २५०३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । टाउकोमा चोट लागेर घाइते भएका दाहालको स्थानीय बकैया आधारभूत अस्पताल उपचार पश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक ओखलढुङ्गा सिसङगढी गाउँपालिका–८ बस्ने ३० वर्षीय नरेश कार्कीको घुँडामा सामान्य चोट लागेर स्थानीय मेडिकलमा उपचार भएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोस्ट गरगरे बकैयाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्