हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुक्रबारदेखि वन व्यवस्थापन कार्य सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वन व्यवस्थापन सुरु गरिएको हो ।
समूहका अध्यक्ष केशव धितालका अनुसार वनको ब्लक नम्बर–२ बाट व्यवस्थापन कार्य प्रारम्भ गरिएको छ । वन व्यवस्थापनले वनको उत्पादकत्व वृद्धि हुने, रुखहरूको वृद्धि विकासमा सहयोग पुग्ने, वनको सौन्दर्यता बढ्ने तथा उपभोक्ताको दाउराको माग पूरा गर्न सहज हुने वन विशेषज्ञहरूको भनाइ छ ।
समूहकी सचिव अमुना सापकोटाका अनुसार यस वर्ष १५ हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गरी करिब ३ सय घरधुरीलाई दाउरा वितरण गर्ने लक्ष्य राखिएको छ ।
१ सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ८ सय ५० घरधुरी आबद्ध रहेका छन् ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्