हेटौँडा । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि हेटौँडाका टोल विकास संस्थाहरूले सहयोग गर्न थालेका छन् ।
हेटौँडा–६ स्थित सृजना टोल विकास संस्थाले बाढीपीडितका लागि सात हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष जीवकुमारी पौडेलका अनुसार टोलवासीबाट रकम सङ्कलन गरी बाढी प्रभावित नागरिकका लागि सहयोग गरिएको हो ।
“यो हाम्रो सानो मानवीय सहयोग हो । हामीले सबैसँग सहयोग उठाएर सहयोग गरेका हौँ,” अध्यक्ष पौडेलले भने ।
उनले आगामी दिनमा समेत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्दै जाने बताइन् ।
भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्