हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध ज्येष्ठ शेयर सदस्यहरुलाई धार्मिक भ्रमणको अवलोकन गराएको छ । संस्थाको चालु आव. ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

सहभागिहरुले जनकपुरमा रहेको ऐतिहासिक रामजानकी मन्दिर र सर्लाहिमा रहेको भरत तालको अवलोकन गर्ने कार्यक्रम रहेको भ्रमण संयोजक यतिराज दंगालले बताए । सहकारी संस्थाले प्रत्येक वर्ष ज्येष्ठ शेयर सदस्यहरुलाई विभिन्न जिल्लाहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गराउदै आएको संस्था अध्यक्ष हिमाल पौडेलले बताए ।

भ्रमण दलमा ५० जनाको सहभागिता रहेको छ । संस्थामा करिव ३ हजार शेयर सदस्यहरु आवद्ध रहेका छन ।