हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीको एक पोल्ट्री फार्ममा बर्ड फ्लु फेला परेको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका सुचना अधिकारी डाक्टर आभास कोइरालाले बताए अनुसार हेटौडा–७ नागस्वती रहेको राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएको हो । उनको फार्ममा रहेका ४ हजार कुखुरा मध्ये सयौको सङ्ख्यामा कुखुरा मरिसकेको र बाँकी कुखुरा पनि नष्ट गरिएकोे छ । बैशाख ९ गते बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. ब्रज किशोर ठाकुरले जानकारी दिए ।
उक्त स्थानमा चार किल्ला कायम गरी घटनाको मुचुल्का विभागमा पठाएर यस क्षेत्र आसपासका क्षेत्रका कुखुरा पनि नष्ट गरिएको छ । नागस्वतीमा बर्ड फ्लु भेटिएपछि गएराति कुखुरा, कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको छ । नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।
हेटौंडाकै कमानेमा प्रेमबहादुर खड्का, रिना थापा, रामु शिल्वाल, रामकृष्ण भण्डारी, स्यामकाजी भण्डारी र हेटौंडा–१८ दोभानचौरका राजकुमार दुलालको खोरमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेपछी नष्ट गरिएको हो ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–२, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखियो । किसानले खोरमा पालेको कुखुरामा बर्डफ्लु देखिएपछी यहाँका केही कुखुरा मरे र केहीलाई पशु चिकित्सकको सल्लाहमा मारिएको थियो । कुखुरा मर्न थालेपछी बर्डफ्लुको जाँच गरिएको थियो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरीहेर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. ब्रज किशोर ठाकुरले जानकारी दिए ।
मकवानपुरका दश वटै स्थानीय तहमा किसानले कुखुरा पालन गर्ने गरेका छन् । सबै भन्दा धेरै हेटौंडाको कमाने र चुरीयामाइ क्षेत्रमा कुखुरा पालन हुने गरेको छ । बर्डफ्लु रोग फैलन नदिनका लागि किसान सचेत हुँदा हुँदै पनि देखा पर्ने गरेको छ । मकवानपुर जिल्लामा २०६९ र २०७५ सालमा बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरा पालक किसान रहेका छन् ।
साभारः जनपत्र












प्रतिक्रिया दिनुहोस्