हेटौंडा । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजनातथा रोटर्याक्ट क्लवअफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयोजनमा हेटांैडामा हुनलागेको अध्यक्ष–सचिव भेला (पिएस मिट)को तयारी पुरा भएको छ ।
रोटर्याक्ट क्लबअफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलनगरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र २५ गते हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमाहुनलागेको देशैभरिको रोटर्याक्ट क्लबको अध्यक्ष–सचिवको भेलाको तयारी पुरा भएको हो । उक्तकार्यक्रमले हेटौंडा र हेटौंडामा रहेकापर्यटकीय गन्तव्यहरुलाई देशैभरी थप पहिचानमिल्ने विश्वास लिएको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिपकुमार राईले बताए ।
कार्यक्रममा रोटर्याक्ट क्ल्व अफ बुटवल साउथ, रोटर्याक्ट क्लवअफ युनाइटेड बिरगञ्ज र रोटर्याक्ट क्लव अफ बर्दिबासले सह संयोजन गरेको छ । कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्यप्रायोजन गरेको रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिए । त्यसैगरी सागर डिष्टिलरी, युनिलिभर नेपालप्रा.लि., स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएमपोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मीविकास बैंक, जोभियल, कफिबार लगायतले सह प्रायोजन गरेको अध्यक्ष ढकालले बताए ।
हेटौंडा उपमहानगरपालिका, रोटरी क्लवअफ हेटौँडा र रोटरी क्लवअफमकवानपुरले पनि आवश्यक साथ र सहयोग गरिरहेको उनको भनाई छ । करिब १ हजार जना रोटर्याक्टरहरुको सहभागिता रहने कार्यक्रममा २० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजकले बताएको छ ।












प्रतिक्रिया दिनुहोस्