हेटौंडा । पछिल्लो सयम कोरोना संक्रमण दर उकालो लागेको छ । स्वदेश तथा बिदेश हरेक ठाउँमा अहिले कोरोनाको संक्रमण दर ह्वातै बढेको तथ्याङक छ ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शनिबार ९४ जनाको कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका ६२ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १५ हजार ९४२ पुगेको छ । पुष्टि भएका मध्ये ६१ जना हेटौंडा उपमहानगरपालिका भित्रका र १ जना मकवानपुरगढी गाउँपालिका भित्रका रहेका छन् । यसैगरि आज कोरोनाबाट निको हुनेको संख्या शून्य रहेको कार्यालयले जनाएको छ ।