हेटौंडा । हेटौंडा मकवानपुर उद्योग वाणिज्य संघको प्रवक्तामा उज्वल चौलागाईलाई चयन गरिएको छ ।
संघको मंगलबार बसेको बैठकले उनलाई संघको प्रवक्तामा चयन गरिएको हो । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले संघको विधानमा पदाधिकारीबाट प्रवक्ता चयन गर्ने उल्लेख बमोजिम चौलागाईलाई प्रवक्ता तोकिएको हो । चौलागाई संघको एशोसियट उपाध्यक्ष हुन् ।
उनी संघको २०७१—७४को कार्यकालमा सचिव रहेका थिए । संचारउद्यमी समेत रहेका चौलागाई संघको उपाध्यक्ष सहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।












प्रतिक्रिया दिनुहोस्