रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ ।

युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेका बताउनुभएको बीबीसीले जनाएको छ ।

यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले रुस–युक्रेनको लडाइँमा चीनको भूमिकाबारे अमेरिकाले गलत नियत राखेर भ्रम फैलाइरहेको आरोप लगाए ।

अमेरिकाले युद्धका लागि रुसले चीनसँग सहयोग मागेको भन्दै रुसलाई सहयोग गरे चीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।