अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् ।

बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो आरोपसमेत लगाएको बाइडेनको भनाइ छ ।

युक्रेनको सेनाले कडा प्रतिरोध गर्दा पुटिन ‘अप्ठ्यारोमा परेको’ पनि बाइडेनले बताए । पुटिनले ‘फल्स फ्ल्याग’ अर्थात् अरुलाई दोष देखाएर जैविक एवं रासायनिक हतियार प्रयोग गर्न सक्ने पनि उनको भनाइ थियो ।