तिम्रो यो मौनतालाई कसरी बुझौं म ।
तिमिले हेरेको दयालु नजर हो या क्रोध को भाव बुझ्नै सकिन।
तिमिले गरेको यो प्रेम हो या दिएको सजाय छुट्टाउनै सकिन।
तिमिले मलाई हरियाली प्रकृति दियौं ,बदलामा मैले उजाड मरुभूमि बनाएँ।
तिमिले मलाई सफा, स्वच्छ र स्वस्थ अक्सिजन दियौ, बदलामा मैले त्यसलाई कृत्रिम ,रासायनिक र दुर्गन्धित वातावरण बनाएँ।
तिमिले दिएको त्यो स्वतन्त्रता, खुला आकाश मा रम्न बनाएको तिम्रो ममतालाई आज घर घर रुपि पिँजडामा बन्द गरिदिएँ।
मलाई आज कसैको मत्लब नै छैन, न त तिमी प्रती म कहिल्यै आभारि नै भएँ।
मैले बिर्सिएँ म आज जाहाँ उभिइरहेको छु त्यो तिम्रै काख हो।
मैले बिर्सिएँ आज म जुन विकास र प्रविधिको नाम मा प्रयोग गर्ने हरेक चिज तिम्रै देन हो।
आधुनिकताको नाममा यती अन्धो भएछु ,मैले आफुलाई नै सर्बशक्तिमान ठन्न थालेछु,
म तिम्रै काखमा बसेर तिम्रै मुखमा थुक्न पुगेछु।
तिम्रै दया र मायाले म आज सम्म बाँचिरहेछु भन्ने भुतुक्कै बिर्सन पुगेछु।
तिमिलाई दिएको त्यो पिडा र मैले गरेको मनमानीको फल हो यो सायद , हिजो निश्फिक्र भै मै ठूलो भनेर धाक देखाउने म आज एउटा कोठा भित्र लुथ्रुक्क बसिरहेको छु।

तर, तिमी त आमा हौ, आफ्नो सन्तानको दुखको बारेमा सोच्नै सक्दिनौ, तिमी त ममता र करुणा कि खानी हौ। तिमी ले आफ्नो हृदयलाई कसरी यति कठोर बनाउन सक्छेउ र ?

मलाई थाहा छ मलाई दुखमा-अफ्ट्यारोमा देख्दा पीडा तिमिलाई पनि हुन्छ , मेरो अवस्था देखेर दया तिमिलाइ पनि लाग्छ।
तर विडम्बना , आखिर मेरै कारण तिमी आज बाध्य भयौ आज मेरो अहंकार माथी बन्दी लगाउन ।

मलाइ तिमिले गरेको प्रेम कहिले पनि स्वीकार नै भएन सायद, म यति स्वर्थी भएछु कि
मैले ती तिम्रा निर्दोष सन्तानको जीवन सङग खेलेँ केवल आफ्नो मनोरञ्जनको लागि।

तिमिले दिएको त्यो समान प्रेम – के मान्छे , के प्राणी त के बोटबिरुवा -समान दृष्टिले हेरेको सायद मलाई मनै परेन

आधुनिकताको नाममा सबैलाई लत्याएँ,आज मानवता लाई नै मारिदिएँ।

हो आज त्यसकै मूल्य चुकाउँदै छु म-
तिमिले दिएको निस्शुल्क अक्सिजनको कदर नगरेकै कारण, आज एक एक सेकेन्डको श्वासको मूल्य तिर्दै छु।
तिमिले दिएको त्यो खेतीयोग्य जमिन को कदर नगरेकै कारण आज खान नपाउने अवस्थामा पुग्दै छु म।
त्यो तिम्रो ममतामा लात हानेकै करण आज ,मै हु भनी घमण्डको मातमा चढी मैले नै बनाएको त्यो प्रबिधी लाई अज म नै स्विकार्य छैन ।
तिम्रा ती सन्तानको पनि माया र कदर नगरेकै कारण आज म यो जेल भित्र हुँदा उनिहरु स्वतन्त्र भैइ खुला आकाशमा उडिरहेका छन ।

तर अब मैले आफ्नो गल्ती बुझिसकेँ आमा
अब त आफ्नो काखमा राख , अब त माया गर न मलाई

आफ्नो सन्तान बाट भएको यो गल्ती लाई अब त क्षमा गरिदेउ न आमा। मलाई तिम्रो काखमा निदाउन मन छ।

मलाई त्यो खुल्ला भै हिंड्न उड्न मन छ ।

पुग्यो अब त्यो दुर्गन्धित अस्पतालको बेड,पुग्यो अब यो बन्द कोठा भित्र को खेल
अब त मुक्त गरिदेउ यहाँ बाट ,अब त माफ गरिदेउ न त्यो विशाल हृदय बाट

तिम्रो सान्तान आज तिम्रो याद्ले छट्पटाइरहेछ,पुकार गरिरहेछ,
अब त आफ्नो ममताको पोको खोली मलाई त्यो तिम्रो आङ्गालो म बेरिदेउ न आमा फेरि ।

अप्सरा भट्टराई (अप्पु)
थप जानकारी