कास्की । गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ रन्जैका रुद्र भण्डाको दिनचर्या अलि फरक छ । अहिलेका युवा जमातको भन्दा फरक कथा छ भण्डारीको । उनको दिनचर्या भेडाको पछि लागेरै बित्छ ।

उमेरले २८ बर्ष पुरा गरेका भण्डारीले औपचारिक रुपमा कक्षा ८ सम्मको शिक्षा प्राप्त गरेका छन । घरको आर्थिक अवस्था पनि कजोर थियो र पढ्नै पर्छ भन्ने ज्ञान पनि थिएन । युवा उमेरमै भण्डारीले संघर्ष थालेका हुन । उनले अहिले व्यवसायी रुपमै भेडा र बाख्रा पालेका छन । गोबिन्द गौतम र रुद्र भण्डारी मिलेर २ सय ५० भेडा र बाख्रा पालन गरेका हुन । उनी बिहानैदेखि खोरबाट भेडा निकालेर बेलुका मात्रै घर फर्कन्छन । दिनहुँ भेडा चराउन उनी जंगल जान्छन, कहिलेकाही बाघ र भालुले पनि दुःख दिने गरेको उनले बताए । महिनामा दुईवटा जति भेडा, बाख्रा बाघले खाने गरेको उनको अनुभव छ । बेलुका भेडा बाख्रा खोरमा थुन्ने बेलामा गन्ती गर्दा गन्ती नपुग्दा मात्रै बाघले भेडा खाइसकेको थाहा हुने उनले बताए ।

भण्डारी वैेदेशिक रोजगारीका लागि कतार पनि पुगेका थिए । दुई वर्ष कतारको सनैयामा रोजगारीको लागि बसेर उनी फर्किएका हुन । गाउँका सबैसाथीहरु रोजगारीको लागि विदेश गएको देखेर भण्डारी पनि गाउँकै दाईलाई ९० हजार रुपियाँ बुझाएर कतार पुगेका थिए । हेल्परमा गएका उनी ६ सय रियालमा काम गर्थे । कम्पनीमा खान र बस्न भने सुबिधा थियो ।

अरुको ठाउँमा काम र लगानी गर्नृुभन्दा आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ भन्ने लागेपछि बिदेशबाट फर्केर उनले ७० लाख लगानीमा गाउँकै गोविन्द गौतम संग मिलेर भेडा फार्म संचालन गरेका हुन । उनको दिनभर जंलमै बास हुन्छ, उनी आफ्नो कामदेखि सन्तुष्ट रहेका छन । विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्न सकिए राम्रो हुने उनको सुझाव छ ।

अनकन्टार जंगलमा केवल भेडाहरुको आवाज सुनिथ्यो…

माछापुच्छ्रे गाउँपालिकाको बिकट, अनकन्टार जंगलमा केवल भेडाहरुको आवाज सुनिथ्यो । बेला बेला जंगलभित्र बाघ कराए जस्तो भान हुन्थ्यो । हाम्रो यात्रा जारी थियो, यात्राकै क्रममा हाम्रो टिम पनि अनकन्टार जंगल भित्र यात्रा गर्दै थियो । बाटोमा बिरलै मान्छे भेटिन्थे । जंगल भित्र कहिले हुस्सु लागेर अध्यारो हुन्थ्यो त, कहिले बोटबिरुवा र हावापानी आपसमै कुराकानी गरिरहेको भान हुन्थ्यो । विकट र घना जंगलको यात्रामा भेटाहरु जुधिरहेको भेटियो । हामी निरन्तर हिडिरहेका थियौं । सिदिङ तिरबाट भेडाहरु कराएको आवाज आईरहेको थियो । अलि तल पुगेपछि भेडाहरु चराउर्दै गरेका एक युवा भेटिए । जंगल सेताम्य देखिन्थ्यो । भेलाहरुको आफ्नै बोलिचालीको भाषा थियो । भेलालाई यताउता बोलाउदै थिए ति युवा । हामी भेडाहरु भेटेपछि यहाँ एकै छिन रोकियौं र यहाँ रहेका युवा रुद्र भण्डारी संग कुराकानी गयौं । उनी साहै हसिला र प्रफुल्ल युवा थिए । आफ्नो कामलाई माया गर्ने उनी भेडा, बाख्रालाई पनि औघी माया गर्थे । हामीले नजानेपनि भेडा र बाख्रालाई बोलाउने उनको आफैं भाषा थियो । उनले बोलाएपछि यहाँका भेडाबाख्राहरु जम्मा हुन्थें । साना साना भेडाका पाठाहरु माउको पछि पछि दर्गुदै थिए । भण्डारी पनि माउ र पाठाहरुको पछि पछि दिनभर बिताउँथें । उनको दीनचर्या घना जंगलमा भेडा, बाख्रा संगै बित्थ्यो । उनको बेला बेलामा बाघसंग पनि जम्का भेट हुने गरेको थियो । उनले भालु पनि भेटेको कहानी सुनाए । बाघले भेडा, बाख्रा खाइदिने गरेको घटना उनको लागि नौंलो थिएन । दिनभर चरणमा रहेको भेडाहरु बेलुका थुन्ने बेला गन्ती गर्दौ मात्रै बाघले खाएको पत्तो हुन्थ्यो । कत्ति भेडाहरुले चरणमै बच्चा जन्माएर गोठमा ल्याउथे । जंगलमा चरनमा छाडेको भेटा गोठ नफर्किदा टच बालेर खोज्न कयौं पटक गएको उनको अनुभव छ । भण्डारी र गाउँकै एकजना दाई मिलेर भेडा फर्म संचालन गरेका हुन । करिव ७० लाख लगानीमा संचालन गरिएको भेडा फार्ममा करिव २ सय ५० भेडा बाख्रा छन । भण्डारी बैदेशिक रोजगारीको लागि कतार पुगेर फर्केका थिए । २ बर्ष कतारमा बिताएर फर्केका भण्डारी अरुको ठाउँमा लगानी गर्नुभन्दा आफैं देशमा पसिना बगाउनुपर्छ भन्ने एक युवा पनि हुन । उनको कर्म अन्य युवाको भन्दा फरक पनि छ । पुरै दीनचर्या उनको भेडाहरु संग बित्छ, बेला बेला बाघ र भालु संग जम्का भेट हुन्छ भने यात्रामा हिडेका यात्रुहरु संग उनको कहिले काही भेट हुन्छ । उनी आफ्नो कर्मदेखि खुसी र सुखी रहेको बताउँछन ।

अनिल पराजुली
थप जानकारी