हेटौंडा । कान्तिलोकपथ सडक खण्ड अन्र्तगत मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ शिरुडाँडा मोटरसाइकलले ठक्कर दिदा बालक घाइते भएका छन ।

बकैयाको जितपुर तर्फबाट लेनडाडा तर्फ जाँदै गरेको ना.३२प ६२४६ न.को मोटरसाइकलले बाटोमा खेल्दै गरेका गढी गाउँपालिका–२ बस्ने प्रकास बोम्जनको छोरा अन्दाजी ४ बर्षीय प्रभास बोम्जनलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते बोम्जनको टाउको र हातमा चोट लागेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको उपचारको लागी हेटौँडा अस्पताल पठाएको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।