हेटौंडा । बकैया  युथ क्लबले मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा पञ्चशिल युबा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै बकैयाले उपाधि जितेको हो ।

बकैयाको जितका लागि बकैया युवा क्लबका अभिषेक ब्लोनले २ र छेवंग लामा, सुजन गुरुङले एक एक गोलको योगदान गरे । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट फरवार्ड बकैयाका अभिषेक ब्लोन, वेस्ट डिफेन्डर बकैयाका तारा नेगी, वेस्ट मिडफिल्डर पञ्चशिल युबा क्लबका सुकरा राज गोले , गोलरक्षकमा बकैयाका सरोज ब्लोन ,बेस्ट कोच कृस्ना लो र सर्वाधिक खेलाडीमा बकैयाका सुजन गुरुङ घोषित भए ।