हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिको कामलाई लिएर गठबन्धन दलहरु बिच तीब्र असन्तुष्टी देखिएको छ । मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिहरुले ब्यबस्थाको मर्म अनुसार समान बितरण र जनमुखी कार्यक्रम गर्न नसकेको भन्दै गठबन्धन सरकारको साझेदार नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटीले गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्का र ईन्चार्ज सरोज खनालद्धारा हस्ताक्षरित ज्ञापनपत्र गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानको अनुपस्थितिमा उपाध्यक्ष मानकुमारी पाख्रीनलाइ बुझाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले मनोमानी ढङले काम गर्दा जनतामा तिब्र असन्तुस्टी देखिएको भन्दै गलत कामको साक्षी नेकपा माओबादी केन्द्र बन्न नसक्ने अध्यक्ष राजकुमार खड्काले बताए । पार्टीले गाउँपालिका भित्र देखिएका बेतिथीलाई १४ बुदामा समेटेर ज्ञापनपत्र बुझाएको उपाध्यक्ष युबराज सापकोटाले बताए ।

ज्ञापनपत्रमा सामाजिक सुरक्षा भत्ता बितरणमा सहजता हुनु पर्ने, उत्पादनमा आधारित दुग्धमा दिईरहेको प्रतिलिटर अनुदान लाई नियमित गर्नु पर्ने, नितिर कार्यक्रम तय गर्दा र बजेट बाँडफाड गर्दा गठबन्धन तथा सर्बदलिय समन्वय गर्नु पर्ने, उत्पादनमा आधारित बजेट निर्माण हुन नसकेकाले त्यसमा ध्यान दिनु पर्ने, स्थानिय सरकारको २ बर्षे नीति तथा कार्यक्रम गन्तब्य बिहिन देखिएकोले दीर्घकालीन र जनमूखी नीति कार्यक्रमहरु तयार गर्नु पर्ने, राजश्व ब्यबस्थित गर्नु पर्ने, प्रशाशनिक संयन्त्र कमजोर रहेकाले सुधार गर्नु पर्ने, जग्गाको बर्गीकरण संगै अब्यबस्थित बसोबासी , भुमिहिन सुकुमबासी समस्याको समाधान गर्नु पर्ने, भु माफियाले आफ्नो कब्जामा बाँझो राखेको जमीन किसानको पहुँचमा ल्याउने निति अबलम्बन गर्नु पर्ने, शिवम सिमेन्टद्धारा उत्खनन् गरिएको चुनढुङ्गा खानीका कारण प्रभाबित मानब बस्ती खेति योग्य जमीन कानुन बमोजिम संरक्षण गर्नु पर्ने , शिक्षाको गुणस्तर बृद्धिका लागि यथेष्ट योजना नदेखिएको ,पालिका भित्र रहेका मुल सडकलाई स्तरोन्नति गर्दै पक्की बनाउनुको सट्टा भित्री सडकहरु पालिकाको प्राथामिकतामा परेको , बिशेष परिस्थितिमा पालिकाले अमानतमा राजश्व उठाई रहदा कुन कार्यबिधिमा रही कर्मचारी नियुति गरिएको भन्दै प्रश्न गरेको छ ।

ज्ञापनपत्र बुज्दै उपाध्यक्ष मानकुमारी पाख्रीनले ज्ञापनपत्रमा उठाएको बिषय गाउपालिकाको हितमा भएकाले आगामी कार्यपालिका बैठकमा उठाउने बताए । यस्तै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले ज्ञापनपत्रमा उल्लेख गरेको कुरालाइ आफुले सुझावको रुपमा लिएको बताए ।