हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरि काग्रेशमा प्रवेश गर्नेहरुको लहर देखिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बा सहित ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । राप्रपा परित्याग गरि काँग्रेसमा प्रबेश गर्नेहरुमा राप्रपा जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाही लगायत लगायतका रहेका छन ।

कांग्रेस पार्टी कार्यालयमा मंगलबार जिम्बासहितको टोलीलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला कार्यबाहक सभापति विष्णु लामिछाने तथा संघीय सभापति दामोदर खनालले स्वागत गरेका थिए ।