हेटौंडा । मकवानपुरको भिमफेदीमा अटो दुर्घटना हुँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो भिमफेदी–४ ठुलो गुन्डेङ स्थित भित्रि सडक खण्डमा सानो गुन्डेङ बाट भैसे तर्फ आउँदै गरेको ना २ ह ४६८९ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ८०/९० मिटर तल खोल्सिमा खस्दा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अटो चालक भिमफादी–२ भैंसे बस्ने अन्दाजी ६५ बर्षीय सुब्बा बज्यु तामाङको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । शव पोष्टमार्टमका लागी हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।