हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा बस र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुर बकैया–७ बस्ने ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखा शैलुङ–५ बस्ने ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते भएको जनाइएको छ । बुधबार दिउँसो पुर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा बाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।