मकवानपुरगढी गाउँपालिका वडा नं.२ धवाडीपुल नजिक दुर्घटनामा परेको मोटरसाइकल ।

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन् ।

सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुपा र उनकी छोरी करिब ५ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा आमाछोरीको मृत्यु