हेटौंडा । धरान चतरा सडक खण्डअन्र्तगत मकवानपुरको बकैया–४, पाङदुरेमा बुधवार दिउँसो अटो आफैं अनियन्त्रित भई पल्टिदा पाँच जना घाइते भएका छन । बकैयाको हात्तिसुँडेबाट जुरेली बजार आउँदै गरेको बागमती प्रेदश ०३–००१ ह ३३९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार पाँजजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अटो दुर्घटनामा घाइते हुनेमा बकैया–३ जितदमार बस्ने ३४ बर्षीय देब लाल जिम्बा, निजको श्रीमती ३१ वर्षकी ठुलीमाया जिम्बा, १२ बर्षीय सृजल जिम्बा, सोही स्थान बस्ने २६ वर्षकी सुनि माया भ्लोन र १२ को युदिर बोगटी रहेका छन् ।

घाइते मध्य १२ वर्षका सृजलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ । अटो तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।