हेटौंडा । हेटौंडा काठमाडौं कान्तिलोकपथ सडकखण्ड अन्र्तगत मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ आँपचौरमा ट्याक्टरले ठक्कर दिदा एकजना पैदलयात्री घाइते भएका छन ।

बिहीबार साँझ हेटौंडाबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिदा बकैया ११ आँपचौर बस्ने ३५ बर्षीय रामकाजी बिक घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते बिकलाई उपचारको लागि काठमाडौं पठाइएको छ । ठक्कर दिएर फरार भएको ट्याक्टरको खोजी भईरहेको प्रहरीको भनाई छ ।