हेटौंडा । हेटौंडा–१७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् समितिका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कमला श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राघवराज तिमल्सिनाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभाको बन्दसत्रले उपभोक्ता समितिले सञ्चालन गर्दा खर्च व्यवस्थापन लगायतका काम गर्न समस्या भएकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले बताए । उपभोक्ता समिति मार्फत २ सय ७१ धारा वितरण गरिएको छ ।

साधारणसभामा हेटौंडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद देवकोटा, राजदेवी दुग्ध सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, बासको धारा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष शिवराज तिमल्सिना, समितिका उपाध्यक्ष कृष्ण प्रसाद नेपाल, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।