हेटौंडा । उत्तरी मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ । 

आइतबार बिहान थाहानगर–४,  धारापानी स्थित खोलामा डुबेर नारायणझयाउ बस्ने स्थानीय ७२ वर्षीया लाक्पा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

डुबेको अवस्थामा रहेकी उनको श्रीमान श्याम बहादुर थिङले पहिचान गरेको प्रहरीले जनाएको छ । शवको आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।