हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ रमौलीमा गैँडाको आक्रमणबाट सोमवार विहान एकजना गम्भीर घाइते भएका छन् । मनहरी –७ का ३२ वार्षीय रमेश बोटे बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

गैंडाको आक्रमणबाट गंभीर घाइते बोटेको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि आज बिहानै थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मनहरी खोलाको नदीउकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैंडाले आक्रमण गरेको स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मनहरीको प्रहरीले घाइते बोटेलाई उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएको थियो । बोटेलाई आक्रमण गर्ने गैंडा राष्ट्रिय निकुञ्जको जंगलतर्फ लागेको प्रहरीले जनाएको छ ।