हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१० बसपार्क पिपलबोटमा टिपरको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक हेटौँडा–११ थानाभर्याङका ५५ वर्षीय भिम बहादुर बिडारीको उपचारको क्रममा आइतवार विहान मृत्यु भएको छ ।

शनिबार ४ बजेको समयमा हेटौँडा–१० बसपार्क पिपलबोटमा बसपार्क तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ३५११ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २–०३–००१ ख ६८५४ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उपचारको लागी हेटौँडाको चुरेहिल अस्पताल पठाइएकोमा थप उपचारको लागी भरतपुर नयां मेडिकल कलेज चितवन रिफर गरिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बिडारीको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले शनिबारनै नियन्त्रणमा लिएको थियो ।