हेटौंडा । हेटौंडा–१६ आकाशधारामा शनिवार शेर बहादुर गोलेको घरमा आगलागी भएको छ । 

जस्ताले छाएको काठकोबेरा भएको एक तले घरमा अचानक बिजुलीको तार सर्ट भई आगलागी हुँदाघर भित्र रहेको अन्नपात,लत्ताकपडा भाडा बर्तन,नगद जलेर नष्ट भएको छ । 

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार एक लाख नगदसहित अन्दाजी ८ लाख बराबरको सामानहरु जलि नष्ट भएको हो । आगलागीमा मानबिय तथा चौपायको  क्षति नभएको प्रहरीले जनाएको छ । स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।