हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एका लाल श्रेष्ठ र संघीय सरकारका उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बीच भेटवार्ता भएको छ । सोमबार संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो । 

भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाइपास सडकको पूर्णताको लागि उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराए । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आफ्नै कार्यकालमा हेटौंडा बाइपास सडकको सुरुवात भएको बताउँदै यसको पूर्णताको लागि सकारात्मक रहेको बताए । छिट्टै नै बाइपास सडक निरीक्षणको लागि हेटौंडा आउने चाहना रहेको सुनाउँदै उपप्रधानमन्त्री महासेठले उक्त सडकलाई आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिवद्घता समेत व्यक्त गरे । 

उपप्रधानमन्त्री महासेठ र मन्त्री श्रेष्ठबीच हेटौंडा रिङरोड, अन्य क्षेत्रमा पूर्वाधार निर्माण योजना र खानेपानी क्षेत्रका विभिन्न विषयमा छलफल भएको थियो ।