हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट ६ किलो ९०० ग्राम लागुऔषध चरेश सहित पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुर्वपश्चिम सडकखण्डमा काठमाण्डौबाट हेटौंडातर्फ आउदै गरेको ना ७ ख २०१८ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाउँपालिका वडा नं.८ किराञ्चोक बस्ने वर्ष ३३ को चिन बहादुर डिङडुङलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो ।

सोमबार इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले शंका लागेर खानतलासी गर्दा उनले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ६ किलो ९०० ग्राम लागुऔषध चरेश फेला परेको हो । लागुऔषध सहित डिङडुङलाई नियन्त्रणमा लिए मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।