हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ६ अदालत डाँडास्थित अमरबहादुर खत्रीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट २८ लाख बराबरको क्षति भएको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

खत्रीको काठले बनेको २ तल्ले घरमा गएराति ८ बजे करेन्ट सट भएर आगलागी भएको हो । आगलागीबाट घर र गोठ पूर्ण रूपमा जलेको छ ।

आगलागीबाट मानवीय र चौपायको भने क्षति नभएको प्रहरीको भनाइ छ ।