हेटौंडा । हेटौंडा ४ हुप्रचौरमा निरज श्रेष्ठको स्मृतिमा भएको जिल्लास्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि भूटनदेवि माविले जितेको छ ।

सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ५५ रनले पराजित गर्दै भूटनदेविले जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको भूटनदेवि माविले २० ओभरमा ७ बिकेट गुमाएर एकसय रन बनाउन सफल भयो । भूटनदेविका लागि सर्वाधिक १८ रन रितिक यादव र १५ रन नरेन्द्र अधिकारीले जोडेका थिए । कप्तान सुरज यादव र एमडि साकिवले ३–३ विकेट लिएका थिए ।

उप बिजेतामा चिक्त बुझाएको सोलिड्यारिटीले १३ औं ओभर खेल्दै ४५ रनमा समेटियो । भूटनदेविले दिएको एकसय रन पछ्याउदै अगाडि बढेको सोलिड्यारिटी आधा भन्दा कम रनमै रोकिएको हो ।

सोलिड्यारिटीका लागि एम डि साकिवले १६ रन बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको रन जोड्न नसक्दा भूटनदेविले दिएको लक्ष्य भन्दा आधा रनमै समेटिन प¥यो । प्रतियोगितामा हिमान सु ले सर्वाधिक ३ विकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच नरेन्द्र अधिकारी, बेष्ट ब्याट्स म्यान गुड्डु यादव, बेष्ट बलर नरेन्द्र अधिकारी र म्यान अफ दि सिरिज आधुनिक माविका रोहित ठाकुर घोषित भए ।

प्रतियोगिताको विजेता भूटनदेवी माविले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍ यो भने उपविजेता सोलिड्यारिटीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको मकवानपुर जिल्लाका राष्ट्रिय एमपाएर बिनोद कुमार बानियाँले अनिरुद्र खबरलाई जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई शिक्षा बिद् पुरन बहादुर जोशी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ लगायतकाले विजेता, उपबिजेता तथा उत्कृष्ठ खेलाडिलाई पुरस्कार वितरण गरेका थिए ।