हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा गठबन्धबाट माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान विजयी भएकी छन् ।

उनले १९ हजार ८७३ मत ल्याएर विजयी भएकी हुन् । उनको निकट्तम प्रतिद्वन्दी नेकपा एमालेका बिष्णु प्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरेका छन् । मोक्तान ३२२ मत बढी ल्याएर विजयी भएकी हुन् ।