हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित भएका छन् ।

पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित भएका हुन् ।

उनले १९ हजार ७१९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ४३२ मत प्राप्त गरेका छन् । साथै राप्रपाका उम्मेदवार सागर थापाले ७ हजार ७०२ मत प्राप्त गरे ।

पुलामी २०७४ मा यसै क्षेत्रबाट जितेका थिए । नेकपा एमालेसँगको गठबन्धबाट विजयी भएका उनले नेपाली कांग्रेस धर्मराज लामिछानेलाई पराजित गरेका थिए । उनी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचत भएका थिए ।