हेटाै‌डा । मकवानपुर निर्वाचन क्षेत्र नंबर २ प्रतिनिधि सभा तर्फका १० जना उम्मेदवार मध्य ७ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ३ जनाको मात्र जमानत सुरक्षित भएको हो ।

प्रत्यक्ष तर्फ १० जनाले प्रतिस्पर्धा गरेकोमा ७ जनाको जमानत जफत भएको हो । क्षेत्र नंबर २ मा खसेको ८६ हजार ४ सय १० मत मध्ये ४ हजार १ सय १६ बदर मतलाई हटाउँदा सदर भएको ८२ हजार २ सय ९४ मतको १० प्रतिशत कटाउने तीनजना उम्मेदवारको मात्र जमानत जफत हुन पाएन् ।

जमानत सुरक्षित रहनको लागि ८ हजार २ सय २९ मत आवश्यक पर्नेमा नेकपा एमाले, नेकपा एकिकृत समाजवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मात्र मतभार कटाए । अन्य सातजना उम्मेदवार भने आवश्यक मतभन्दा पछि परे ।

प्रतिनिधिसभामा विजयी एमालेका महेश बर्तौलाले ३४ अजार ९ सय ५० मत प्राप्त गरे । उनले कुल सदर मतको ४२.४६ प्रतिशत मत हाँसिल गर्दा उनका निकटतम प्रतिस्पर्धी एकिकृत नेकपा समाजवादीका बिरोध खतिवडाले ३० हजार ४ सय ३२ मत प्राप्त गरे । खतिवडाले प्राप्त गरेको मत ३६.९७ प्रतिशत हो । प्रतिनिधिसभामा तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ५९ मत प्राप्त गरे । यो कुल सदर मतको १४.४६ प्रतिशत हो ।

जमानत जफत भएको दल तथा उम्मेदवारको मत
१. राजन मैनाली – राप्रपा (हलो) २१९६
२. उद्धबप्रसाद अधिकारी – माले (हसिया र तारा) १८०७
३. जीवन स्याङ्तान – मंगोल नेशनल अर्गनाईजेशन (कुखुराको भाले) ४२३
४. कुलेन्द्र लिप विक्रम न्यौपाने – सचेत नेपाली पार्टी(बच्चा काखमा लिएकी आमा) २५७
५. तुला बहादुर लामा – नेश्रलिष्ट पिपुल पार्टी (लाटोकोसेरो) ६८
६. रत्नप्रसाद प्रजापती – नेपाल मजदुर किसान पार्टी (मादल) ५३
७. प्रतिक कालाखेती – स्वतन्त्र (खुकुरी) ३३