हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले माघ ७, ८ र ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

सोनाम ल्होछार माघ ८ गते आइतबार मनाइँदैछ । गाउँपालिकाले बिहीबार विदा दिने निर्णय गरेको जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलालले शुक्रबार विदासम्बन्धी सूचना सार्वजनिक गरेका थिए ।