काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले २१ करोड रुपियाँको साधारण शेयर (आईपीओ) माघ ९ गते सोमबारदेखि १२ गतेसम्म निष्काशन खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त २१ लाख कित्ता आईपीओ मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता, सामुहिक लगानी कोषलाई १ लाख ५ हजार कित्ता र ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणहरुका लागि छुट्याइएको आईपीओ एक लाख ७४ हजार तीन सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।