हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले दुईदिन सार्वजनिक विदा दिने भएको छ । पालिकाले सूचना जारी गर्दै भोली फागुन १५ गते (सोमवार) र फागुन १६ गते पर्सी (मंगलवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फागुन १४ गते बसेको कार्यपालिका बैठकले भोली मगर समुदायको ४१ औँ स्थापना दिवस र पर्सी माझी समुदायको मौलिक पर्व लदी (कोशी पूजा) पर्वको अवसरमा विदा (स्थानीय बिदा) दिने निर्णय गरेको जनाईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्धारा जारी सूचनामा उक्त विदामा पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।