हेटौंडा । मकवानपुरको मनहरीमा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुरेश कुमार मोक्तान सर्वसम्वत चयन भएका छन । मंगलबार भएको १७ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा मोक्तान सर्वसम्वत चयन भएका हुन ।

समूहको उपाध्यक्षमा बालकृष्ण मुक्तान, सचिवमा गिता शाही, कोषाध्यक्ष मनिशा बल स्याङ्तान र सह–सचिवमा शंकर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन ।

समूहको सदस्यमा क्रमशः निर्मला गोले, लक्ष्मी प्रजा, चित्र कुमारी थिङ, दिल मायाँ प्रजा र गगण कर्मचार्य चयन भएका हुन । उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगर लगायतकाको सहभागिता रहेको थियो ।