हेटाैडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले महिला सशक्तीकरणका लागि नारी पुरुष (दुवै)ले हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् । ८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेशका प्रदेश प्रमुख शर्माले विविध क्षेत्रका परिवर्तनहरुलाई संस्थागत गर्दै समाजमा हुँदै आएको हिंसा र अन्यायको अन्त्यका लागि सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा बताए ।
‘शिक्षा,स्वास्थ्य, सामाजिकीकरणजस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी-पुरुषहरुले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ,’ उनले भने, लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताए। यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेछ ।’
उनले लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक(अधिकारलाई सुनिश्चित गरेको बताए । ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै गरिएको दिवसले पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न प्रेरित गर्न सक्नुपर्ने उनको भनाई छ ।
‘पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस्,’ प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्