हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरको शनिवार भएको क्षेत्रीय भेलाले क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । भेलाले मकवानपुरको क्षेत्र नं. १ र क्षेत्र नं. २ को क्षेत्रीय पदाधिकारीहरु चयन गरेको हो ।
रास्पा मकवानपुरको क्षेत्र नं. १ को सभापतिमा टाकाराज थापा(सुरेश), उपसभापतिमा जगदिश दहाल,सचिवमा किशोर अर्याल र सदस्यहरुमा क्रमश शिव कुमारी पाठक र राधा बजगाईं निर्विरोध चयन भएका हुन ।
त्यस्तै क्षेत्र नं. २ को सभापतिमा सन्जिव पाठक, उपसभापतिमा सन्तोष बर्तौला, सचिवमा आशा कुमारी अधिकारी र सदस्यहरुमा क्रमशः राधिका सामरी पाण्डे र सन्दिपा डोटेल चयन भएका हुन् ।












प्रतिक्रिया दिनुहोस्