हेटौँडा । हेटौँडालाई काठमाडौंसंग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रबार साझ परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।
बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक सुचारु गराउन सम्बन्धित निकायले प्रयास जारी राखेको भए पनि लगातारको वर्षाले तत्काल बाटो खुलाउने अवस्था नरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्