काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
यो शेयर हाल संस्थाकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
शेयर किन्न इच्छुकले संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्ने शेयर र मूल्य उल्लेख गरी कम्पनीको प्रधान कार्यालय, बनेपा–७ काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्