हेटौँडा । सव–डिभिजन वन कार्यालय, हेटौँडाको आयोजनामा एकदिने लेखा अभिलेख व्यवस्थापन तथा माइन्युट लेखन तालिम राटोमाटेमा सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा सामुदायिक वन समूहमा राख्नुपर्ने विभिन्न अभिलेखहरूको व्यवस्थापन र लेखन प्रक्रियाबारे सहभागीलाई जानकारी गराइएको थियो ।
आम्दानी–खर्चको रेकर्ड, बैठक पुस्तिका, दर्ता–चलानी, नगदी रसिद, बैंक नगदी किताब, वन पैदावार बिक्री रेकर्ड, आगन्तुक पुस्तिका, जिन्सी खाता, निर्णय लेख्ने तरिका तथा बुझबुझारथलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा बागमती प्रदेश लोक सेवा आयोगका लेखा अधिकृत हेमराज ढुङ्गाना र रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए । यस्ता तालिमले सामुदायिक वनमा आवश्यक अभिलेख व्यवस्थापनबारे ज्ञान बढाउनुका साथै क्षमता अभिवृद्धिमा सहयोग पुग्ने सहभागी सुन्दर सामुदायिक वनकी कार्यालय सचिव सावित्री हुमागाईंले बताइन।
सव–डिभिजन वन कार्यालय, हेटौँडाका वन अधिकृत बच्चुराम सुवेदीले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए । तालिममा कार्यालयअन्तर्गतका विभिन्न सामुदायिक तथा कबुलियती वन समूहका गरी १८ जनाको सहभागिता रहेको रेन्जर ईश्वरदत्त जोशीले जानकारी दिए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्