काठमाडौँ । लामो समयदेखि घट्दै आएको शेयर बजार आज भने दोहोरो अंकले उकालो चढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आज बजार १७.९५ अंकले बढेको हो । ०.८० प्रतिशतले बजार बढ्दा परिसूचक २२६५.५७ अंकमा उक्लिएको छ । आज २३३ कम्पनीका ३३ लाख ४१ हजार २ सय १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज बैंकिङ र लघुवित्त समूह घटे पनि अरु बाँकी समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २.५४ र लघुवित्त समुह ०.०३ अंकको घटेको हो भने आज सबैभन्दा विकास बैंक समूह १०८.६२ अंकले बढेको छ ।
बजार बढेको दिन आज पनि बसैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले १० प्रतिशत नाफा कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.९२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार नागरिक लगानी कोषको उच्च कारोबार भएको छ । कोषको ७ करोड ५३ लाख ५९ हजार ४ सय ५५ रुपियाँ बराबरको कारोबार भएको हो ।

















प्रतिक्रिया दिनुहोस्