हेटौंडा । बैशाख ३० गते अर्थात शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि सिद्धार्थ मावि मतदानस्थलको निर्माण र तयारी पुरा भएको हेटौंडा–२ स्थित सिद्धार्थ मावि मतदानस्थल ‘घ’ केन्द्रकी मतदान अधिकृत विष्णुकुमारी लामिछानेले बताइन् । अनिरुद्र खबर संग कुराकानी गर्दै उनले मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन ।

निर्वाचनका लागि बुथ तयारी अवस्थामा रहेको बताउँदै उनले डोरी र वास टाङ्ने, हावाहुँरी र पानीबाट मत पेटिकालाई सुरक्षित राख्न त्रिपालको पनि व्यवस्था गरेको बताइन । दुई दिन मतदाता परिचयपत्र पनि वितरण तथा मतदाता शिक्षा प्रदान गरेको उनले बताइन ।

मतदान गर्न आउनेले मतदाता परिचयपत्र, परिचयपत्र नभए सक्कलै नागरिकता, पासपोर्ट वा जग्गाधनी पुर्जा लिएर आएपनि मतदान गर्न आउने उनले बताइन । सिद्धार्थ माविको मुलगेटबाट प्रवेशद्धार निर्माण गरेको बताउँदै दक्षिण गेटबाट निस्कने व्यवस्था गरेको बताइन । उनले सम्पूर्ण मतदाताहरुलाई उत्साहपूर्वक मतदानमा सहभागि हुन आग्रह पनि गरिन ।