हेटौंडा । मकवानपुर जिल्लामा स्थानीय तहको मत परिणाम धमाधम सार्वजनिक हुन थालेको छ ।

जिल्लाको १०२ वडामध्ये १४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक नेकपा माओवादी केन्द्रले ६ वटामा जीत हासिल गरेको छ । नेपाली कांग्रेसले ५ वडा जितेको छ । नेकपा एमालेले ३ वटा वडामा जित्न सफल भएको छ ।

माओवादी केन्द्रबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ, बकैया–२ मा विश्वराज स्याङतान र भीमफेदी ३ मा पृति लाल लामा विजयी बनेका छन् ।

कांग्रेसबाट इन्द्रसरोवर–१ मा सुवास थापा, इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ, मनहरी–१ मा शिवप्रसाद खनाल, कैलाश–१ मा तेजबहादुर ब्लोन र मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ विजयी बने । नेकपा एमालेबाट भीमफेदी–२ मा काशी राम बज्यु ,कैलाश–१० मा एमालेका सूर्यबहादुर ब्लोन र भीमफेदी–४ मा सागर पाण्डे विजयी भएका छन् ।