हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएको पाँच वर्षको कार्यकाल सफल रुपमा सम्पन्न गर्ने मेयर हरि बहादुर महत सहित कार्यपालिकाका सदस्यहरुको आज विदाई गरिएको छ ।
बिदाई कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र अवकास प्राप्त कर्मचारीहरुको विदाई गरिएको हो । जनप्रतिनिधिहरुको कार्यकालको आज पाँच वर्ष पुगेको छ ।
नयाँ जनप्रतिनिधिहरु केही दिनमा आउने छन । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले मायाँको चिनो, खादा र टिका लगाएर विदाई गरे । मेयर महतले आफ्नो कार्यकाल सफल बनाउन कार्यपालिकाको सदस्यसचिबका रुपमा रहेका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईलाई पनि मायाँको चिनो प्रदान गरे ।












प्रतिक्रिया दिनुहोस्